Welcome सहकारीताको लागि सबै, सबैका लागी सुनापाताल // "वचत गर्ने बानी बसालौ ,आजको वचत, भोलिको उधम गर्ने पूजी," देशको खुल्ला आर्थिक नीति अनुसार सदस्यहरु बीच सहकारीताको भावना जागृत गराई वचत संकलन तथा विभिन्न आयमुलक , सिपमुलक, उत्पादनमुलक कार्यहरुमा कर्जा प्रवाह गरी सदस्यहरुको आर्थिक, शैशिक तथा सामाजिक जीवनस्तर उकास्ने लक्ष्य लाई साकार गर्न आउनुहोस सहकार्य गरौ। सम्पूर्ण सदस्य बन्न चाहनु हुने आगन्तुक महानुभावहरु लाई हार्दिक स्वागत छ। सदस्य बन्न चाहनु हुन्छ भने कार्यालय मा सम्पर्क गर्नुहोला।
सदस्यहरुको अनुकुलतालाई ध्यानमा राखी केही सेवा सुविधाहरु थप गरेका छौ। Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow Spinning arrow
सहकारी भनेको के हो ?
            बोलीचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनि त्यसै लाई नै सहकारिताका आधारमा भएको सहकार्य हो भनेर भुझेको पाईन्छ।  तर सबै मिलेर गरेको सबै कार्यलाई सहकारिताका आधारमा भएको सहकार्य भन्न मिल्दैन।  सहकारीताका आधारमा गठन हुने संस्था जोसुकै व्यक्ति मिलेर संचालन हुन सक्दैन। सहकारी हुनलाई सहकार्यमा सबैको उदेश्य एक हुनुपर्छ।  तर एउटै  उदेश्य भन्दैमा राजनैतिक कार्यकर्ताहरुले सस्था गठन गरेर सहकारी सस्थालाई राजनैतिक मंचको रुपमा उपयोग गर्ने,
 एउटा डाक्टरले प्रवेश गरेर आफ्नो क्लिनिकमा सबै सदस्यहरु बोलाएर आफ्नो आम्दामी बढाउने, ठगहरु मिली सस्था गठन गर्ने र छन्दम प्रवृतिका व्यक्तिहरु पसेर सदस्यको वचत लिएर कुलेलम ठोक्ने व्यक्तिहरु/ समुहहरुको बीच एकै उदेश्य हुने भएपनि त्यस्तो सहकार्य सहकारी मूल्य विपरीत हुने भएकोले सहकारी हुनै सक्दैन।  यसैगरी एउटा व्यापारी र एउटा किसान बीच पनि एउटै उदेश्य नहुन सक्छ।  त्यसैले  उदेश्य एकै हुनलाई पेशागत समानता , पुजीगत समानता।, सोचाई र दृषि्टकोणमा समानता जस्ता पक्षहरु महत्वोपुर्ण मानिन्छन।  कस्तो सहकार्य सहकारीको मूल्य मान्यता,सिदान्त र मर्म अनुरुपको सहकारी हुन सक्छ भनी स्पस्ट हुन निम्न पक्षहरुको आध्ययन गर्नु जरुरी छ।  

१.  सहकारितामा स्वायता सस्थाका माध्यमद्वारा सहकार्य गरिन्छ।
  
२.  सस्था समान आवश्यकता र उदेश्य भएका व्यक्तिहरु मिलेर गठन गरिन्छ। 

३.  सस्थाको सदस्य बन्ने नबन्ने व्यक्तिको इच्छामा निर्भर रहन्छ।  कसैले कर गरेर सदस्य बन्नु पर्ने बाध्यता हुदैन। 

४. सहकारितामा स्वामित्व सामुहिक हुन्छ।  कुनै एउटा व्यक्तिको मात्र स्वामित्व हुदैन।  आर्थात सबै शेयर सदस्य सस्थाका समान दर्जाका मालिक हुन्छन। 

५. सदस्य बन्न निश्चित रकम शेयरका रुपमा तिर्नु पर्छ र निश्चित जिम्मेवारी वहन गर्नुपर्छ। 

६.  सस्था सरकारले वा अरु कसैले संचालन गरिदिदैनन , सदस्यहरु स्वयम मिली संचालन गर्नु पर्छ।  त्यसैले सदस्य मध्यबाटै  निर्वाचन (चुनाव) गरी संचालक समिति, लेखा समिति र अन्य आवश्यकता आनुसारका समितिहरु गठन गर्नुपर्छ।

७. सस्थाले सदस्य भित्रमात्र कारोवार गर्नुपर्छ।  कुनै सदस्य ले खाए,मासे, हिनामिना गरे सस्थाकै निर्णय द्वारा त्यस्तो सदस्य उपर कारबाही गर्नुपर्छ।
  
८.  सस्थाको विनियम र अन्य नियमहरु पनि सदस्यहरु मिलेर बनाउनु पर्छ। 

९.  सहकरीतामा सबै  सदस्यहरुले थोरै थोरै रकम जम्मा गरे पनि सस्थाले सदस्यको हितमा व्यवसाय गर्न सक्छ। 

१०.  सस्थाको दिर्घकालिन सोच (VISION) सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक, व्यवसायिक उन्नतिमा सहयोग पुर्याउने हुनु पर्दछ।  

                यसरी माथिका विभिन्न बुदाहरुका आधारमा हामी के भन्न सक्छौ भने सहकारिता भनेको सीमित भएका वा पुजी भएर पनि एक्लै व्यवसाय गर्न क्षमता नभएका, केही पुजी पनि छ र अलि अलि व्यवसाय गर्न पनि सक्ने खुबी छ तर यी दुवै कुराहरु भएर पनि व्यवसाय गर्दा सबै घाटा लाग्यो भने परिवार भोकै पर्छन भन्ने कुराले एक्लै व्यवसाय गर्न आट गर्न नसक्ने व्यक्तिहरु मिलेर गर्ने कार्य हो।  यस्तो सहकार्य गर्दा आफुसंग भएको केही पुजी सस्थामा जम्मा गरी त्यसबाट व्यवसाय गर्ने कुशलता, क्षमता  र आट  सिर्जना गरि सस्थाकै माध्यमवाट व्यवसायिक  एवं अन्य कारोवार संचालन गरी सदस्य परिवारको आर्थिक, सामाजिक, सास्कृतिक विकास सम्भब हुन्छ।  त्यसैले सहकारी नाफाका लागि व्यापारीले जस्तो केवल व्यापार,व्यवसाय गर्ने सस्था होइन, न त बैंक जस्तै गरी बैंकको मात्र कारोवार गर्ने सस्था हो। बरु यो समुदायमा आधारित रही सदस्यकै हितकालगि सदस्य माझ व्यवसाय गर्ने र सदस्यहरुलाई व्यवसायी, उधमशिल र क्षमतावान बनाउने कार्यमा निरन्तर सहयोग गर्ने सवल सस्थागत माध्यम हो। 





!! Matters are Under Construction !!